सुचना
नयाँ ब्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाँउसभाले तोके बमोजिम हुने । 
आवश्यक कागजातहरु: 
–निबेदन पत्र ।
–नागरिकता प्रमाणितपत्रको प्रमाणित प्रतिलिपि ।
–बिदेशिको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ।
–२ प्रति फोटो ।
–घर बहालको सम्झौता ।
–आफनै घर टहरा भए चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर तिरेको ।
–स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी ब्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको ब्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
प्रक्रिया: 
–निबेदन सहितको तोकिएको कागजात पेश गर्ने ।
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित  फाँटमा तोक आदेश गर्ने ।
–निबेदन दर्ता गर्ने ।
–निबेदकले तोकेको तोकेको शुल्क बुझाउने ।
–चलानी गरी निबेदकलाई प्रमाणपत्र उपलब्ध गराउने ।